कामना सेवाको ‘के.एस डिजी’ डिजिटल वालेट सेवा सुरुh

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा संचालनमा ल्याएकाे छ ।

कामनाले याे सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको हाे ।

उक्त वालेट सेवाको सुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गरेका थिए ।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तरिकाले मात्र केहि कागजातहरु अपलोड गरी केएस डिजि वालेट खोल्न सक्नेछन् ।

यस डिजिटल वालेट खोल्न एपमा फेस रिकग्निसन गर्नसक्ने आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग भएको छ ।

साथै, अकाउन्ट ओपनिङ्ग, लोन एप्लिकेसन, इन्टर अपोरेबल क्युआर, एमक्यास लगायतका बैकिङ्ग सेवा तथा सुविधाहरु रहेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको सहकार्यमा आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम, बिद्यार्थीलाई बीमा पनि

काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक …

प्रतिकृया दिनुहॊस