पिकअपको ठक्करबाट एक जनाको मृत्यु

इलाम । इलाममा रोकीराखेको  पिकअप पछाडी सरेेर  किच्दा  एक जनाको मृत्यु भएकाे छ ।

माइजोगमाइ गाउपालिका – ५  सोयाङमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा माइजोगमाइ गाउपालिका – ५ का  ५७ बर्षीय खिर बहादुर तामाङ रहेका छन् ।

इलाम सदरमुकामबाट  माइजोगमाइ गाउपालिका – ५  सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सरेर किच्दा घटनास्थलमानै मृत्यु भएको थियो ।

पिक अप र चालक इलाम सन्दकपुर गाऊपालिका २ माइपोखरी का ३० बर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय ईलामको नियन्त्रणमा लिएकाे जनाएको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री