उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा कायम

काठमाडौं ।काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।

भोलिबाट  खाद्यान्न, तरकारी किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ। विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई बेलुका ४  बजेदेखि खुल्न दिने निर्णय भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप