भारतमा पछिल्ला २४ घण्टामा ८१ हजार संक्रमित, ३ हजार ३१० जनाको मृत्यु

काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ३ हजार ३१० जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ८१ हजार ५ जना संक्रमित भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ७० हजार ४०७पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९४  लाख ३९ हजार ९८९ पुगेको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म २ करोड ८०  लाख ४३ हजार ४४६जना संक्रमण मुक्त भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ …

प्रतिकृया दिनुहॊस