अपाङ्गता भएका व्यक्तिलाई एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो शेयर खाता

एनआईसी एशिया क्यापिटलले शारीरिक तथा मानसिक कमि कमजोरी भई अपाङ्गता भएका ‘क’ तथा ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्करुपमा डिम्याट तथा मेरो शेयर खाता खोलिदिने व्यबस्था मिलाएको छ ।

धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गराउने प्रमुख उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट निःशुल्करुपमा डिम्याट तथा मेरो शेयर खाता खोलिदिने व्यबस्था मिलाइएको हो ।

साथै अनलाइन मार्फत डिम्याट तथा मेरो शेयर खाता खोल्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://onlinedemat.nicasiacapital.com/#/ मा क्लिक गरी रितपूर्वक विवरण भरि सहजैरुपमा डिम्याट खाता र मेरो शेयरको खाता खोल्न सकिने जनाइएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस