नेपाली काङ्ग्रेस जीतपुर सिमरा नगर कार्यालयको उद्घाटन

नेपाली कांग्रेस जीतपुरसिमरा नगर कार्यालयको उद्घाटन भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ स्थित जीतपुरबजार केराढोका नजिक पार्टीको सम्पर्क कार्यालय नेपाली कांग्रेसका जिल्ला सभापति राजेश राय यादवले उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटनपछिको मन्तव्यमा सभापति यादवले आफू आफूमा द्वन्द्व नगरी आगामी चुनावमा बहुमत ल्याउने हिसावले चुनावी अभियानमा सबै जना लागुपर्ने घारणा व्यक्त गरे। सभापति यादव पार्टीभित्रको आन्तरिक गुनासा छन् भने त्यसलाई घरभित्र सल्टाउन पनि आग्रह गरेका छन् ।

नगर सभापति छवि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य शोभाकार पराजुली, संविधान सभा सदस्य लालबाबु सिंह, नेपाली कांग्रेसका मधेश प्रदेश सहमहामन्त्री जयनारायण सिंह, मधेश प्रदेश सभा सदस्य शोभा लामा, जिल्ला उपसभापति अमिरिलाल पाल, २. क्षेत्रिय सभापति रामप्रवेश यादव, क्षेत्रीय ४ सभापति सुनिल गुप्ता, दुगा रीजाल,राधा देवी, गीता शर्मा, श्याम बाबु गुप्ता, राम बाबु गुप्ता, नेबिसंघ पूर्व केन्द्रिय सदस्य नौराज त्रिपाठी, नबिन बराल, ओम कार्की, सन्तोष कार्की, क्षेत्रीय प्रतिनिधि, अधिवेशन प्रतिनिधि लगायत उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन नगर सचिव यज्ञ तिवारीले गरेका थिए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले …

प्रतिकृया दिनुहॊस