यस्ताे छ विवेकशील साझा काठमाडौंकाे चुनावी घोषणा

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिका केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा विद्युतीय सवारी साधन खरिदमा तीन बर्षसम्म महानगरीय कर नलिनेदेखि काठमाडौंमा सार्वजनिक शौचालय निर्माण गर्नेसम्म उल्लेख छ।

महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधारलाई अगाडि सार्दै विवेकशीलले चुनावी घोषणापत्रमार्फत ५० वटा थप सार्वजनिक शौचालयलगायत निर्माण गर्ने घोषणा गरेको हो।

‘डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिनेछ, बिजुलीबाट चल्ने यातायातमा रुपान्तरण गर्ने संस्था र कम्पनीलाई महानगर अन्तर्गतका सबै कुरा तीन बर्षका लागि मिनाहा गरिनेछ,’ घोषणा पत्रमा उल्लेख छ।

यसैगरी, हरेक वडामा नयाँ सार्वजनिक पार्क बनाउने, अनधिकृत जग्गालाई खुल्ला क्षेत्रका रुपमा विकास गर्ने, काठमाडौंका कतिपय भित्री क्षेत्रमा निश्चित समयका लागि सवारीसाधन निषेध गरी पर्यटक लक्षित आकर्षक बजार क्षेत्र र स्थानीयवासीका लागि सार्वजनिकस्थलको विकास गर्ने बिषय समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस