जेठकाे दोस्रो सातादेखि चितवनबाट सवारी चालक अनुमतिपत्र दिइने

आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव आह्वान गरिएको छ । पन्ध्र दिनभित्र परेका प्रस्तावको अध्ययन गरी काम अघि बढाइने उनले बताए। जिल्लामा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारीसाधनको चालक अनुमतिपत्र दिन लागिएको हो ।

कार्यालयले प्रयोगात्मक परीक्षाका लागि आवश्यक पर्ने परीक्षास्थल र सवारीसाधन उपलब्ध गराएवापत परीक्षार्थीसँग दस्तुर लिई सेवा प्रदानका लागि परामर्श सेवा माग गरेको हो । प्रयोगात्मक परीक्षास्थल भरतपुर महानगरपालिका वा चितवन जिल्लाअन्तर्गत पर्ने नगरपालिकाभित्र हुनुपर्नेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास …

प्रतिकृया दिनुहॊस