स्थानीय तह निर्वाचनका लागि काभ्रेमा २ हजार ७७३ जनाकाे उम्मेदवारी

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरि दुई हजार ७७३ जनाले मनोनयन दर्ता गराएका छन् । सोमबार सम्पन्न भएको मनोनयन दर्ताको विवरण स्थानीय तहमा स्थापना भएको निर्वाचन अधिकृतहरूको कार्यालयबाट सार्वजनिक गरिएको हो ।

जिल्लामा प्रमुख राजनीतिक दलहरु नेकपा (एमाले) र सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत साना राजनीतिक दलहरूले पनि आफ्नो पार्टीको उम्मेदवार मनोनयन दर्ता गराएका छन्। एमाले एक्लैले स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेकाे छ भने गठबन्धनबाट स्थानीय तहमा भागबण्डा गरि मनोनयन दर्ता भएका छन् । वडामा अनुकूलताका आधारमा गठबन्धन गरेको दलहरूले जनाए ।

जसअनुसार बनेपा नगरपालिका प्रमुखमा १० जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा आठ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाको पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिका प्रमुख पदमा सबैभन्दा बढी सङ्ख्या ११–११ जनाले मनोनयन दर्ता गराएका छन् । बनेपाको उपप्रमुखमा भने जम्मा तीन र मण्डनदेउपुर नगरपालिकाको उपप्रमुखमा चार जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै धुलिखेल नगरपालिका प्रमुखमा १० र उपप्रमुखमा छ, पाँचखाल नगरपालिका प्रमुखमा छ, उपप्रमुखमा पाँच र नमोबुद्ध नगरपालिका प्रमुखमा चार, उपप्रमुखमा तीन जनाले मनोनयन दर्ता गराएका छन् ।

गाउँपालिकातर्फ जिल्लाको कोशीपारिस्थित भुम्लु गाउँपालिका अध्यक्ष पदमा आठ जना र डाँडापारिस्थित खानीखोला गाउँपालिका अध्यक्षमा सात जनाको मनोनयन दर्ता भएको छ भने उपाध्यक्षमा चार–चार जनाको मनोनयन दर्ता भएको छ । त्यस्तै रोशी, चौँरीदेउराली, तेमाल र बेथानचोक गाउँपालिका अध्यक्षमा पाँच–पाँच जनाको मनोनयन दर्ता भएको छ । उपाध्यक्षतर्फ रोशी र तेमालमा चार–चार, बेथानचोकमा आठ र चौँरीदेउरालीमा दुई जनाको मनोनयन दर्ता भएको छ । महाभारत गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको मनोनयन दर्ता भएको छ।

वडाध्यक्षमा ६७०, सदस्यमा एक हजार ३७, महिला सदस्य ४८७ र दलित महिला सदस्यमा ४३० गरि जम्मा दुई हजार ७७३ पदमा मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं । काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार …

प्रतिकृया दिनुहॊस