स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नीदेवी सहनी रहेकी छन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागेर इलाका प्रहरी कार्यालय रानी (सीमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँसहित फेला पारि पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस