प्रधानमन्त्रीले लिए झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

आज खनाल निवास डल्लु पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर केही दिनअघि मात्र नेता खनाल स्वदेश फर्किएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् ।न्युज कारखाना

तपाईंको प्रतिकृया

लेखकबाट थप