कांग्रेसकाे आसन्न १४औँ महाधिवेशनः देशभर वडा अधिवेशनको चहलपहल सुरू

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ, नगर वडा अधिवेशन प्रारम्भ भएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये अधिकांश जिल्लामा आज वडा अधिवेशन सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेता कार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन्। कतिपय वडाहरुमा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडाहरुमा निर्वाचन प्रक्रिया भइरहेको समितिले जनाएको छ तर कति वडाहरुमा आज निर्वाचन सम्पन्न भयो भन्ने तथ्याङ्क साँझसम्म मात्र उपलब्ध हुनेछ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली पनि क्रमशः प्रकाशित हुँदै जाने र भदौ २७ गते निर्धारित गाउँ, नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिए।

मुलुकभरका सबै ६ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य १ लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। यसबाहेक मनोनीत हुनेको सङ्ख्या थप रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उपनिर्वाचनको नमुना मतपत्र

काठमाडौँ । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका …

प्रतिकृया दिनुहॊस