कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको स्वीकार्दै जापानका प्रधानमन्त्रीले राजीनामा दिने

जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन्। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उनले राजीनामा दिन लागेका हुन्।

प्रधानमन्त्रीको जिम्मेवारी लिएको झण्डै एक वर्षमै उनी जिम्मेवारीबाट बाहिरिन लागेका हुन्। उनको पार्टीमा निर्वाचनका कारण पनि उनले अहिले नै बाहिरिनु पर्ने अवस्था आइलागेको देखिएको छ।

उनको लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)को निर्वाचन सेप्टेम्बर २९ तारिखमा हुन लागेको छ। त्यो निर्वाचनबाट नयाँ नेता आएपछि उनलाई नै सुगाले जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेछ। त्यसैले प्रधानमन्त्री सुगाले सेप्टेम्बर ३० बाट प्रधानमन्त्रीको जिम्मेवारी छोड्ने जनाइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

आइएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

काठमाडौँ । ‘आइएमई पे’ ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस