नेपालका सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि भारत सरकारद्वारा ४ अर्ब २० करोड सहयाेग

भूकम्पले भत्किएका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले चार अर्ब बीस करोड अनुदान प्रदान गर्ने भएको छ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज आयोजित एक कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारीले हस्ताक्षर गरेका छन्।

भत्किएका सांस्कृतिक सम्पदा तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेका १०३ वटा स्वास्थ्य केन्द्र उक्त अनुदानबाट पुनःनिर्माण गरिनेछ।

यस अघि भारत सरकारको अनुदान सहयोगमा सात जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदाका साथै गोरखा र नुवाकोटमा ५० हजार वटा घर निर्माण भइरहेका छन्।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वायु प्रदुषण : स्वच्छ सास लिनै मुस्किल !

काठमाडौं उपत्यकाको वायु स्वस्थ छैन । देशका थुप्रै स्थानमा डढेलो लागिरहेको छ । केही महिनादेखि …

प्रतिकृया दिनुहॊस