नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्य प्रतिनिधि मण्डलले माननीय अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर ०७८/०७९ को प्रतिस्थापन बजेटले अटोमोवाइल क्षेत्रमा पारेको प्रभाव बारे विस्तृत रुपमा छलफल गरेको नाडाले जनाएको छ। उक्त छलफलमा उपाध्यक्ष चौधरीले एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तःशुल्क महशुलमा …
पुरा पढ्नुहॊस »नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको वार्षिक साधारणसभा सम्पन्न
नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लि.को ३०, ३१ र ३२औं वार्षिक साधारणसभा आज सम्पन्न भयो । उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोकमा साधारणसभा सम्पन्न भएको हो। विश्वव्यापी महामारीको रुपमा पैmलिइरहेको कोभिड–१९ का कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको परिपालना गर्दै भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भयो। सभामा शेयरधनीहरूको प्रश्नको जवाफ दिंदै प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले आ.व. २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ मा लकडाउन तथा निषेधाज्ञा लगायतका …
पुरा पढ्नुहॊस »धादिङका साना किसान तथा व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा
मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरुलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ। मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केटस् लिमिटेड र धादिङ उद्योग बाणिज्य संघबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार, त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा व्यवसायीहरुलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा संचालनका लागि मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङस्थित शाखा कार्यालयवाट सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ। कर्जाका …
पुरा पढ्नुहॊस »विश्व बैंकद्वारा नेपाललाई ५ अर्ब ८७ करोड सहयोग
विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो। सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि वैंकले उक्त रकम उपलब्ध गराएको हो। कार्यक्रममा अर्थ सचिव …
पुरा पढ्नुहॊस »नेपालमा आज १ हजार ७६० जना कोरोना संक्रमित थपिए, १ हजार २२० निको भए
नेपालमा आज १ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४२८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८० हजार ८२४ जना र एन्टीजेन परीक्षणबाट ८७ हजार ८४१ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २२० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख …
पुरा पढ्नुहॊस »सामूदायिक विद्यालयले अब गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्छः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त गराउने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्। प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको पनि बताए । जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार एक कार्यक्रममा बीच उद्घाटन गर्दै उनले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, …
पुरा पढ्नुहॊस »उत्तर कोरियाद्वारा दुई वटा क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाले बुधबार दिउँसो दुई क्षेप्यास्त्र परीक्षण गरेको छ। देशको पूर्वी समुन्द्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका उच्च अधिकारीहरुले जानकारी दिएका छन्। उत्तर कोरियाको मध्य भागबाट क्षेप्यास्त्र प्रहार भएको पनि बताइएको छ। दक्षिण कोरियाको समाचार संस्था योन्हापले श्रोतलाई उल्लेख गर्दै सम्प्रेषण गरेको समाचारमा क्षेप्यास्त्र परीक्षणका प्रारम्भिक विवरणहरु मात्रै उल्लेख छन्। अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले पनि क्षेप्यास्त्र परीक्षणका बारेमा थप सूचना संकलन भइरहेको जनाएका छन्।
पुरा पढ्नुहॊस »भारतमा एकै दिन २७ हजार १७६ नयाँ सङ्क्रमित थपिए
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन् । पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ। कुल सङ्क्रमित मध्ये १५ हजार ८७६ जना केरला प्रदेशका मात्रै रहेका छन्। त्यसैगरी केरलामा मृत्यु भएकाहरुको सङ्ख्या १२९ रहेको छ। मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर …
पुरा पढ्नुहॊस »एसियन कप–२०२२ छनोटका लागि नेपाली महिला फुटबल टिम उज्वेकिस्तानमा
एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान पुगेका छन्। नेपाली टिम टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तानको ताश्केन्त पुगेको हो। उज्वेकिस्तान पुगेपछि नेपाली टोलीको कोभिड–१९ को पीसीआरको लागि स्वाब संकलन गरिएको छ। पीसीआरको रिपोर्ट नआएसम्म नेपाली टिम होटलमा क्वारेन्टिनमा बस्ने छन्। उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ। नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८ (असोज २) मा …
पुरा पढ्नुहॊस »शोक प्रस्ताव पारितमै सिमित भयाे राष्ट्रिय सभा बैठक
राष्ट्रिय सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। बुधबार बसेको राष्ट्रिय सभा बैठकले पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। बुधबारको बैठकमा शोक प्रस्तावबाहेकका विषयलाई कार्यसूचीबाट हटाइएको थियो। शोक प्रस्ताव पारित गर्दै बुधबारको बैठक ५ असोज ०७८ सम्मका लागि स्थगित गरिएको छ।
पुरा पढ्नुहॊस »