मुक्तिनाथ विकास बैंकद्वारा ३ महिने व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज

मुक्तिनाथ विकास बैंकले मिति असोज १ गतेदेखि लागू हुने गरि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ। बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको छ।

बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर प्रकाशित गरेको छ।

३ महिना अवधीका लागि वाणिज्य तथा विकास बैंकहरुले ०७८ असोज महिनाका लागि हालसम्म प्रकाशित गरेको ब्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको छ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउससँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल …

प्रतिकृया दिनुहॊस