प्रदिप नेपाल

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ गते हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँको भने असोज १६ गते शनिबार हुने भएको हो। काठमाडौँका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशिल सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाई भएको र केही वडामा पुनःनिर्वाचन …

पुरा पढ्नुहॊस »

राष्ट्रसङ्घको ७६औँ महासभाः भूपरिवेष्टित विकासशील देशहरूबीच सहकार्यमा नेपालकाे जोड

नेपालले आफूलाई भूपरिवेष्टित देशबाट भूजडित राष्ट्रमा रूपान्तरण गर्ने परिकल्पना गरेको जनाउँदै त्यसलाई साकार पार्न विकासका साझेदार, पारवहन मुलुक र भूपरिवेष्टित राष्ट्रहरूबीच सघन एवं नवीकृत साझेदारी अपरिहार्य भएको बताएको छ। गत मङ्गलबारदेखि न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका क्रममा आज भएको भूपरिवेष्टित विकासशील देशहरूको २०औँ वार्षिक मन्त्रिस्तरीय बैठकमा नेपालले अन्तर्राष्ट्रिय समुदायबाट विदेशी विकास सहयोग, प्रत्यक्ष वैदेशिक लगानी, व्यापारका लागि सहायता र प्रविधि हस्तान्तरणको मात्रा बढाउनुपर्नेमा जोड दिएको छ। बैठकलाई अप्रत्यक्षरूपमा सम्बोधन …

पुरा पढ्नुहॊस »

नारायणहिटीबाट श्रीपेच चोरी गर्न खोज्ने एक जना पक्राउ

नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँ बस्ने खेमबहादुर घर्ती रहेका छन्। उनको मानसिक अवस्था ठिक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। उनले भित्र रहेको सो–केस फुटाएर त्यहाँ रहेको श्रीपेच निकाल्न खोज्दा सुरक्षार्थ रहेका नेपाली सेनाले नियन्त्रणमा लिइ महानगरीय प्रहरी …

पुरा पढ्नुहॊस »

‘तिमीलाई भेटेदेखि’ बजारमा (भिडियोसहित)

नायिका बेनिसा हमाल र मोडल विकास लामिछाने फिचर्ड रोमान्टिक म्युजिक भिडियो, तिमीलाई भेटेदेखि, सार्वजनिक भएको छ। रमन रेग्मीको शब्द स्वर रहेको सार्वजनिक गीतमा उनलाई गायिका मिलन नेवारले साथ दिएकी छिन्। गीतमा हरि लम्सालको संगीत र महाराज थापाको एरेन्ज सुन्न सकिन्छ। म्युजिक भिडियोलाई निकेश खड्काले तयार परेका हुन्। सबिना कुवर रेग्मीले निर्माण गरेको म्युजिक भिडियोमा हरि हुमागाईंको छायांकन, विकास धमलाको सम्पादन, कुसुम बुटिकको ड्रेस, अनिता ग्वचाको मेकअप देख्न सकिन्छ। इनाक्षी इन्टरटेन्मेन्ट …

पुरा पढ्नुहॊस »

विधान महाधिवेशनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) को आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन्। बैठकमा साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नुका साथै छलफल हुनेछ। अध्यक्ष ओलीले स्थायी कमिटीको सुझावसहित प्रतिवेदन ल्याइएको र विधान महाधिवेशनको व्यवस्थापनलाई पनि सँगसँगै अघि …

पुरा पढ्नुहॊस »

भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’लाई ‘मदन पुरस्कार-२०७७’

‘मदन पुरस्कार-२०७७’ ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ले पाएकाे छ। छनाेटमा परेका ९ पुस्तकहरूबाट ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ले मदन पुरस्कार पाएकाे हाे। मदन पुरस्कार प्राप्त कृतिलाई ४ लाख राशीको मदन पुरस्कारबाट सम्मान गरिनेछ। मदन पुरस्कार गुठीले हरेक बडादशैँको कोजाग्रत पूर्णिमाका दिन बर्षका उत्कृष्ट पुस्तकमध्येबाट एकलाई ‘मदन पुरस्कार’ र नेपाली साहित्यमा उल्लेख्य योगदान गर्ने एकजनालाई ‘जगदम्बा श्री पुरस्कार’ बाट सम्मान गर्दै आएको छ। यसपटकको पुरस्कारका लागि मनोनयनमा कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्पग्रन्थ’, भैरवबहादुर थापाको …

पुरा पढ्नुहॊस »

अर्थ मन्त्रालयले भन्याे–’स्यानिटरी प्याडमा कर थपिएको छैन, भ्रममा नपराैं’

सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ। आयातित प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको भन्दै सरकारको आलोचना भइरहेको छ। राजस्व सचिव कृष्णहरि पुष्करका अनुसार जुनसुकै पदार्थका स्यानिटरी टाबेल (प्याड) र टेम्पोन, केटाकेटीका लागि आवश्यक …

पुरा पढ्नुहॊस »

चार्ड नजिकिएसँगै प्रहरीले बढायाे निगरानी, समस्या परे खबर गर्न नागरिकसँग अनुराेध

विस्तारै मनसुनको समय सकिएर नेपालीहरुको मुख्य चार्ड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ। चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने शङ्कास्पद व्यक्तिबारे सूचना दिएर सहयोग गर्न प्रहरीले नागरिकमा अपिल गरेको छ। सम्भावित घटना रोक्न काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू गरि प्रहरीले निगरानी बढाइसकेको र अन्य जिल्लामासमेत लागू गर्ने क्रममा रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताउँछन्। उनका …

पुरा पढ्नुहॊस »

वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धिः वस्तु निर्यात २० अर्ब ७६ करोड

चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आव २०७७/७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो। सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो। चालू आवको पहिलो महिनामा कूल वस्तु निर्यात ११६ प्रतिशतले वृद्धि भई रु २० अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा …

पुरा पढ्नुहॊस »

वायु प्रदूषणजन्य समस्याका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु: डब्लुएचओ

वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जानकारी गराएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ। सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ। डब्लुएचओका अधिकारीहरूले भनेका छन्, “वायुको गुणस्तरसम्बन्धी …

पुरा पढ्नुहॊस »