अफगानिस्तानमा मानवअधिकार सुनिश्चितताको माग, अधिकारकर्मीद्वारा प्रदर्शन

अफगानिस्तानका महिला तथा अल्पसंख्यकको आधारभूत अधिकारको पक्षमा ऐक्यबद्धता जनाउँदै माइतीघर मण्डला, भक्तपुरको सूर्य विनायक चोक र पाटनको कृष्ण मन्दिरमा प्रदर्शन गरिएको छ।

तालिबान सत्तामा आएपछि अफगानिस्तानका महिला, बालबालिका र अल्पसंख्यक समूहको मानवअधिकार हनन् भएकाले त्यसको सुनिश्चितताको माग गर्दै महिला हकहित तथा माधवअधिकारवादको क्षेत्रमा कार्यरत संघ–संस्थाले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले ‘अफगानी नागरिकप्र्रति नेपाली ऐक्यबद्धता’, ‘अफगानी महिलाको अधिकारी हाम्रो सरोकार’लगायत विभिन्न नाराअंकित ब्यानर लिएका थिए।

यसअघि, महिला अधिकारका क्षेत्रमा कार्यरत समूह तथा शान्ति, न्याय र मानवअधिकारका समर्थकले संयुक्त रुपमा प्रधानमन्त्री कार्यालय एवं परराष्ट्र मन्त्रालयस्थित सार्क र संयुक्त राष्ट्रसंघीय डिभिजनमा यसबारे ध्यानाकर्षण–पत्र दर्ता गराएका छन््। अधिवक्ता अपेक्षा निरौला, ओरेककी सुनिता मैनाली, सञ्चारिका समूहकी दुर्गा कार्की र संगत नेपालकी पूूजा पन्तले पत्र दर्ता गराएका हुन्।

तालिबान नेतृत्वको अफगानिस्तानमा महिला, बच्चा र अन्य अल्पसंख्यक समूहले भोग्नुपरेको समस्याबारे नेपाल सरकार, सार्क र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउन पत्र दर्ता गराइएको जनाइएको छ। उक्त ध्यानाकर्षण–पत्रमा विभिन्न सामाजिक क्षेत्रमा कार्यरत २८ विभिन्न संघ–संस्थाले समेत ऐक्यबद्धता जनाएका छन्।

पत्रमार्फत् नेपाली अधिकारकर्मीको आवाज सुनेर अफगानिस्तानका महिला तथा पीडित सबैको मानवअधिकार रक्षाका लागि सार्थक कदम चाल्न अन्तर्राष्ट्रिय निकायलाई आग्रह गरिएको छ।

यसैबीच, उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन सुरु हुनुअघि चर्चित फेमिनिस्ट कमला भासिनको निधनप्रति दुई मिनेट मौनधारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस