प्रदिप नेपाल

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा तीन जनाको शङ्कास्पद मृत्यु

काठमाडौँ उपत्यककाको विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी भेटिएका छन्। उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन्। पार्किङ गरी राखेको बा ५ ख ६५३० नम्बरको बसभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ। उता ललितपुरको गोदावरी …

पुरा पढ्नुहॊस »

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले पत्रकार सुवेदीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्विकृत गरेको नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले सार्वजनिक पद धारण …

पुरा पढ्नुहॊस »

विशेष अदालत काठमाडौंद्वारा चूडामणि शर्मासँग ५० लाख धरौटी माग

विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासँग ५० लाख धरौटी माग गरेको छ। शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो।

पुरा पढ्नुहॊस »

‘यो माया हो’ मा पल शाह तथा प्रिज्मा र प्रिन्सीको दमदार अभिनय (भिडियाे)

नायक पल शाह तथा पछिल्लाे पुस्ताका चर्चित कलाकार प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको गीत सार्वजनिक गरिएको छ। ‘यो माया हो’ बाेलकाे गीतमा डिबी लामाको शब्द र संगित रहेको छ। गीतमा निर्मल लामा र मेलिना राईको स्वर रहेको छ। गीतको भिडियो राम केसीले खिचेका छन्। गीतको सम्पादक तथा निर्देशन भने टेकेन्द्र शाहले गरेका छन्। कोरियोग्राफी दिपक एम सिङ्गले गरेका हुन् । भिडियो हेर्नुहोस्

पुरा पढ्नुहॊस »

‘आइएमई पे’ को दसैँ अफर, हवाई टिकट खरिदमा ५० प्रतिशत क्यास व्याक

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ को दसैँको झट्का स्कीम सार्वजनिक गरिएको छ। अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागू गरिएको छ। यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको छ। क्यासव्याकको सीमा रु.२००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध …

पुरा पढ्नुहॊस »

‘सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ’: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्। आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरि लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्। …

पुरा पढ्नुहॊस »

४२औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। दिवस भव्यरूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ। ‘टुरिज्म फर …

पुरा पढ्नुहॊस »

कांग्रेस १४औँ महाधिवेशनः डोटीका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न

सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन्। शनिबार र आइतबार सम्पन्न भएका यहाँका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ। जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर खड्का, सायल गाउँपालिकामा तेजराज ओझा र आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा सभापति रहेका छन्। केआइसिंह गाउँपालिमा अर्जुनबहादुर …

पुरा पढ्नुहॊस »

आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ। सरकारले आजदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो। प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको जानकारी दिए। नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका …

पुरा पढ्नुहॊस »

एमाले केन्द्रीय कमिटी बैठकमा सात जना उपाध्यक्ष बनाउने प्रस्ताव

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ। तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगश भट्टराईले महासचिव, उपमहासचिव र सचिवको सङ्ख्या हाल रहेको कायम गर्दै सातजना उपाध्यक्षको विषय समूहगत छलफलमा उठेको बताए। उनका अनुसार सो विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक भएका छन्। अध्यक्ष ओलीले उपाध्यक्ष बढाउँदा त्यसले कमिटीमा पार्न सक्ने प्रभाव ध्यान दिनुपर्ने बताएका …

पुरा पढ्नुहॊस »