प्रदिप नेपाल

विश्व मुटुरोग दिवस: नेपालमा मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणाले बढ्याे

पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको हाे। उनका अनुसार १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेका छन्। मुटुरोगसम्बन्धी समस्या हुनेमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका रहेको उनले जानकारी दिए। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको छ । नेपालमा भने बर्सेनि ३० हजार व्यक्तिको …

पुरा पढ्नुहॊस »

जुम्लामा चट्याङ लागेर चालिस भेडा मरे, १५ वटा घाइते

जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएको सो गाउँपालिकाका स्थानीयवासी रामप्रकाश विकले बताए। सो गाउँपालिका–४ स्थित सामुदायिक वनअन्तर्गत चिमारा लेक नजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका नानो भण्डारीका १० भेडा मरेका छन् दुई घाइते भएका छन् । मुनबहादुर भण्डारीका चार वटा मरेका छन्, दुई घाइते छन्। मुणिप्रसाद अधिकारीका १७ वटा मरेको र …

पुरा पढ्नुहॊस »

मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो

मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन्। खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। आज दिउँसो १ः३० बजे विद्यालयबाट खाजा खानका लागि घर जानेक्रममा तीन बालिकालाई खोलाले बगाएको र दुईजना पौडिएर निस्कन सफल भएको तर एकजना बेपत्ता …

पुरा पढ्नुहॊस »

परीक्षण गरिएकामध्ये ८.३ प्रतिशतमात्रै सङ्क्रमित

नेपालमा सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशतमात्र रहेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिए।आज १४ हजार तीनमा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा सङ्क्रमण पाइएको थियो। उनका अनुसार अघिल्लो अगष्ट महिनामा कूल परीक्षण गरिएकामध्ये १३.६ प्रतिशत रहेको थियो। एक महिनाको बीचमा सङ्क्रमण दर ५.३ प्रतिशतले कमी आएको छ। यस्तै मन्त्रालयका …

पुरा पढ्नुहॊस »

अनुवांशिक अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस फेला

कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो। प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताइन्। प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ …

पुरा पढ्नुहॊस »

यस वर्ष मनसुन ढिला बाहिरिने, ठूलाे वर्षाकाे सम्भावना भने छैन

यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरि बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने र अहिलेसम्म त्यो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार अब भारी वर्षाको सम्भावना भने रहेको छैन। यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो। …

पुरा पढ्नुहॊस »

चार्डपर्वमा उपत्यकाको सुरक्षा व्यवस्थापनमा ध्यान दिन गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न माताहतका निकायलाई निर्देशन दिएका छन्। चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री खाणले नागरिकलाई अनुभूत हुने गरि सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिएका हुन्। “अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार …

पुरा पढ्नुहॊस »

“ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” डिशहोमको नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

विगत ११ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ। जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ। अहिले नेपालीहरुको घर आँगनमा चाडपर्वको मौसम छाईसकेको छ, यो रमाइलो पर्वको मौसममा थप खुशीयाली र उत्साह थप्न डिशहोमले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको …

पुरा पढ्नुहॊस »

१० बूँदे सहमति कार्यान्वयनमा जोड दिइने एमालेको निष्कर्ष

नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बूँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ। दश बूँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रिय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो। बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा …

पुरा पढ्नुहॊस »

माओवादी नेता वर्षमान पुन थप उपचारका लागि बैंकक जाँदै

लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ। पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो। नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो। कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम …

पुरा पढ्नुहॊस »