प्रदिप नेपाल

बालक गुरुङको ‘बोली मिठो, मुस्कान मिठो…’ सार्वजनिक (भिडियाेसहित)

गीतकार बालक गुरुङको नयाँ गीत ‘बोली मिठो, मुस्कान मिठो…’ सार्वजनिक भएको छ। लोकप्रिय गायकद्वय राजेश पायल राई र सुनिता थेगिम लिम्वुको स्वर, बालककै सङ्गीत, अशोककुमार राईको सङ्गीत संयोजन, पदम राजनको रेकर्डष्टि र मुस्कान मुकारुङको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो। गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष बसन्त वित्यासी थापा, महासचिव रमेश कोइराला, सचिव महेश आचार्य, कोषाध्यक्ष जे.बी. समयोगी, सदस्य शीतल कादम्बिनीलगायत एवम् सञ्चारकर्मीको उपस्थितीमा शुक्रबार गीतकार …

पुरा पढ्नुहॊस »

कांग्रेस काठमाडाैंकाे १० पालिकामा आज अधिवेशन हुने

नेपाली कांग्रेस काठमाडाैंको पालिका अधिवेशन आज हुने भएकाे छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो। काठमाडाैंका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडाैं महानगरसहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिए। काठमाडाैंको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ। दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै छ। केन्द्रीय निर्वाचन समितिले केही जिल्लामा अझै …

पुरा पढ्नुहॊस »

सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैनः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनको शुभारम्भ गर्दै उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे। सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे। प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अङ्गका रुपमा स्थापित रहेको भन्दै नेपालले समेत सोही मान्यता अनुसार यसलाई फस्टाउन अभिप्रेरित गरेको उल्लेख गरे। उनले रामायण, को बन्छ …

पुरा पढ्नुहॊस »

कांग्रेसको १४औँ महाधिवेशन: दोलखा सभापतिमा चार जनाको प्रतिस्पर्धा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दोलखाको १४औँ जिल्ला अधिवेशन शुक्रबारदेखि चरिकोटमा सुरु भएको छ। कांग्रेस दोलखाले १४औँ महाधिवेशनअन्तर्गत दोलखाका सबै स्थानीय तह तथा क्षेत्रको निर्वाचन सकेर जिल्ला अधिवेशन सुरु गरेको हाे। कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाको उपस्थितिमा सदरमुकाम चरिकोटमा जिल्ला अधिवेशन सुरु गरेको हो। दोलखामा रहेको सात गाउँपालिका र दुई नगरपालिकामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन भई सकेपछि कांग्रेस केन्द्रको विवादले महाधिवेशनपछि धकेलिने र दुई चरणमा अधिवेशन गर्ने निर्णय भएसँगै …

पुरा पढ्नुहॊस »

अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशको दावी नपुग्ने सर्वोच्चकाे निर्णय

सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश सपना मल्लको संयुक्त इजलासले आज पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध परेको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको हो। उक्त निर्णयसँगै चार पूर्वप्रधानन्यायाधीशले सफाइ पाएका छन्। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार चार पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको हो। …

पुरा पढ्नुहॊस »

सुदूरपहाडमा दुई हप्तामा तीनपटक भूकम्पकाे धक्का

सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ। दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीनपटक भूकम्प गइसकेको छ। आज मात्रै बिहान ४ः५५ मिनेटमा बझाङको सुर्मा गाउँपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी दिए। यसअघि असोज ८ गते दार्चुला सदरमुकामबाट उत्तरपश्चिम ४० किमी भारत केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसअघि असोज …

पुरा पढ्नुहॊस »

पार्टी विभाजन गराउने मुख्य योजनाकार माधव नेपाल नै हुन्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरुले स्वागतयोग्य काम गरेको टिप्पणीसमेत गरे। पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले भने, ‘पार्टी एकता जोगाउनका लागि प्रदर्शित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाडने माधव नेपालको योजना स्पष्ट भएपछि …

पुरा पढ्नुहॊस »

एमालेको विधान महाधिवेशन: राजनीतिक प्रतिवेदनसहितका प्रस्ताव पेश

नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेश गरिएको छ। ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका हुन्। तीन वटै प्रस्तावमाथि समूह बनाएर छलफल हुने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। पार्टीको नीति र विधिमा मात्रै केन्द्रित भएर एमालेले पहिलो पटक विधान …

पुरा पढ्नुहॊस »

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २३ औं वर्षमा प्रवेश

ललितपुर । ललितपुरकाे पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सफलताको २२ औं वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ। २३ वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले “देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउँदै लैजाने बताए। उनले पछिल्लो समय संस्थाविरुद्ध भएका केही अनर्गल प्रचारले संस्थालाई कुनै असर नपरेको स्पष्ट पारे। संस्थाको मुख्य कार्यालयमा आयोजित …

पुरा पढ्नुहॊस »

अहिले देशभर केपी आतङ्क छ, त्यसलाई परास्त गर्नै पर्छः प्रचण्ड

बागलुङ। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षपछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन्। नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले अहिले देशभर केपी आतङ्क रहेको भन्दै त्यसलाई परास्त गर्न आम कार्यकर्ता र नागरिक सचेत हुनुपर्ने उल्लेख गरे। प्रतिकृयावादी शक्तिहरुले जनतालाई भ्रम सिर्जना गरेकाले सचेत हुन अपिल समेत गरे । आफूले देशमा ठूलो कम्युनिष्ट शक्ति …

पुरा पढ्नुहॊस »