श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २३ औं वर्षमा प्रवेश

ललितपुर ।

ललितपुरकाे पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सफलताको २२ औं वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ।

२३ वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले “देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउँदै लैजाने बताए। उनले पछिल्लो समय संस्थाविरुद्ध भएका केही अनर्गल प्रचारले संस्थालाई कुनै असर नपरेको स्पष्ट पारे।

संस्थाको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा उनले करिब २३ हजार शेयर सदस्यको लगानीमा संचालित संस्थाले आगामी दिनमा थप प्रगति गर्दै अघि बढ्ने बताए। उनले शेयर सदस्यको अटुट मायाका कारण संस्था थप उचाईमा पुग्न सफल भएको पनि दाबी गरे।

दुई दशक लामो इतिहास बोकेको संस्थाले काठमााडौंको चाबहिल र न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार र सूर्यविनायक र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ। गतवर्ष देखि संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटिएम सेवा सञ्चालन गरिसकेको छ। संस्था अन्तर्गतका विभिन्न क्षेत्रमा करिब ४ सय भन्दा बढी प्रत्यक्षरुपमा रोजगारी उपलब्ध गराएको संस्था नेपाल वागमती प्रदेशको उत्कृष्ठ संस्थाको रुपमा परिचय बनाउन सफल भैसकेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

डिभिजन सहकारी कार्यालय ललितपुरमा ०५६ साल भदौ १८ गते दर्ता भई ०५६ साल असोज १५ गतेबाट कारोबार सुरु गरेको हो। संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्यक्षेत्र तर्फ ललितपुरको ताल्छिखेलमा लालीगुराँस हस्पिटल प्रालि., शिक्षाक्षेत्र तर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि., डेरी परियोजनातर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा लालीगुँरास दुग्ध प्रशाेधन उद्योग, उर्जाक्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ।

संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सदस्य सुविधा काउण्टरलाई बृद्धि गरी निकट भविष्यमा देशका विभिन्न जिल्लाहरु र राजधानीका केही उपयुक्त स्थानहरुमा थप शाखा संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने जानकारी दिए। उनले संस्थाप्रति भएको अनर्गल प्रचारले कुनै असर नपरेको उल्लेख गर्दै सम्पूर्ण शेयर सदस्यको असिम मायाको कारण हालसम्म उत्कृष्ठ सहकारीको रुपमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताए।

उनले संस्थाको लागानीमा सञ्चालित डेरी उद्योगलाई मुलुककै उत्कृष्ठ उद्योगको रुपमा विकास गर्ने जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री