प्रदिप नेपाल

हिमालयन बैंकद्वारा ‘दिदी बहिनी कृषक समूह’लाई प्रिन्टर हस्तान्तरण

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवी समुहको आर्थिक सहयोगमा गठित उदयपुर जिल्ला, चौडण्डीगढीको कटरवोटेमा रहेको दिदी बहिनी कृषक समूहलाई फोटोकपीसहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको छ। सो संस्थाले करिब एक दशकदेखि त्यसक्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ। तर सो स्थान निकै नै विकटमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरुसमेत छाप्न निकै समस्या भएकाले समाजसेवी समूहको आवेदन अनुसार …

पुरा पढ्नुहॊस »

सुनकोशी २ खारेजीको माग गर्दै माझी समुदायद्वारा उर्जामन्त्रीलाई ज्ञापनपत्र

जलासययुक्त सुनकोसी २ आयोजना खारेजीको माग गर्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल र विद्युत विकास विभागका महानिर्देशक सन्दिपकुमार देवलाई माझी समुदायले ज्ञापनपत्र बुझाएको छन्। ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले यसबारे आफू गम्भिर रहेको र अध्ययन गरेर अगाडी बढ्ने बताएकी छिन् भने महानिर्देशक देवले हाल वातावरणीय प्रभाव मुल्याङ्कन बारे अध्ययन भइरहेको र अहिले नै बनिहाल्यो भन्ने नसोच्न आश्वासन दिँदै समुदायको मागलाई प्राविधिक, सामाजिक र वातावरणिय प्रभाव मुल्याङ्कन गरि प्रतिवेदनमा समावेश गरि …

पुरा पढ्नुहॊस »

असोज २५ गतेदेखि सबै चलचित्र हल खुल्ने

कोरोना महामारीका कारण डेढ वर्षदेखि वन्द रहेको चलचित्र उद्योग पुनः असोज २५ गतेदेखि देशैभर सुरु हुने भएको छ। सरकारले एक महिना अघि भदौ १५ गते स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अनुमति दिएको थियो। चलचित्र निर्माता सङ्घले पहिलो चरणमा नेपाली चलचित्र रिलिज गरेर असोज २५ गतेदेखि देशैभरका फिल्महल सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल चलचित्र सङ्घका अध्यक्ष मधुसूधन प्रधानले जानकारी दिए। हामी आइतबार थप बैठक बसेर नयाँ निर्णय गर्नेछाैं …

पुरा पढ्नुहॊस »

यातायात व्यवस्था कार्यालयबाट २ जना विचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ जना विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर म.न.पा.-१४, नख्खीपोट बस्ने वर्ष ३० को सुमन तामाङ र ललितपुर म.न.पा.–१३, कुसुन्ती बस्ने वर्ष २३ को सुरज गुप्ता रहेका छन्। लिखित परीक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ …

पुरा पढ्नुहॊस »

कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। कांग्रेस काठमाडौँ महानगरपालिकाको आज भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए। नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य ०७४ मा सम्पन्न काठमाडौँ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुन्। यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई …

पुरा पढ्नुहॊस »

एमाले विधान महाधिवेशन: राजनीतिक र साङ्गठनिक प्रतिवेदन पारित

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सुझावसहित पारित गरेको छ। अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आफ्ना प्रतिवेदनमाथि उठेका सवालमा जवाफ दिएपछि हलले सर्वसम्मतरूपमा ती प्रतिवेदन पारित भएको हो। बन्दसत्रले यसअघि उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो। महाधिवेशनमा स्थायी कमिटी सदस्य रघुजी पन्थले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरे। सो महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा १४ सदस्य केन्द्रीय निर्वाचन आयोग …

पुरा पढ्नुहॊस »

दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध हुन्छ: राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताए। राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोनाविरुद्धको खोप आउने सुनिश्चित भइसकेको बताएका हुन्। “४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदका लागि व्यवस्था भइसकेको छ”, उनले भने। दसैँलगत्तै एक लाख फाइजर खोप आउने उनको भनाइ थियो। …

पुरा पढ्नुहॊस »

‘क्विज मेनिया’को सिजन-७ प्रसारणका लागि नेपाल टेलिभिजन र एक्रेटिक मिडियाबीच सम्झौता

‘क्विज मेनिया’को सिजन ७ नेपाल टेलिभिजनमा प्रसारण हुने भएको छ। नेपाल टेलिभिजन र एक्रेटिक मिडियाबीच आज प्रसारण सम्झौता भएको छ। नेपाल टेलिभिजनका तर्फबाट महाप्रबन्धक फुलमान वल तामाङ र एक्रेटिक मिडियाबाट सीईओ हरि पोखरेलले सम्झौता आदान प्रदान गरेका हुन्। ‘क्विज मेनिया’को सिजन ६ सम्म निजी च्यालनमा प्रसारण भएकोमा सातौं सिजन भने नेपाल टेलिभिजनमा हुन लागेको हो। सिजन ७ मा एसियाली मुलुकका १७ देशको सहभागिता रहने बताइएकाे छ। २४ भागसम्म सञ्चालन हुने …

पुरा पढ्नुहॊस »

राजसंस्था र हिन्दु धर्मलाई सम्मानजनक स्थान दिनु पर्छः नेता लावती

पाँचथर । देशमा कायम अव्यवस्था अपूर्ण शान्ति प्रक्रियाको नकारात्मक प्रतिफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले बताएका छन् । ‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष, राजसंस्थालाई शान्ति निर्माण प्रक्रियामा सहभागी गराइएन। यस किसीमको निषेधले देशमा सकारात्मक शान्ति प्राप्त भएन। लोकतन्त्रको दुहाई दिएर नथाक्नेहरुको अल्पदृष्टि देश र समाजको लागि महंगो सावित भएको छ,’ कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले भने । एक तीन, जोरपाटीमा सम्पन्न …

पुरा पढ्नुहॊस »

जित्ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनु पर्छ: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताएका छन्। कांग्रेसको भानु नगर समितिको शनिबार आयोजित पदस्थापन कार्यक्रममा उनले जीत र हारलाई स्वभाविकरुपमा लिएर एकता र सद्भावको यात्रा बढाउनुपर्नेमा जोड दिए। “जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जीत र हारलाई सहजरुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडि बढ्नुपर्छ”, पौडेलले भने, “तब मात्र कांग्रेस बलियो बन्छ।” लोकतन्त्र बचाउने भनेको कांग्रेसले …

पुरा पढ्नुहॊस »