प्रदिप नेपाल

काेराेना जाेखिम कायम रहेकाले अनावश्यक भीडभाड नगर्न प्रशासनकाे अनुरोध

सरकारले गए राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने, नगराउने आदेश जारी गरेको हो।

पुरा पढ्नुहॊस »

टेलिकमले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिमकार्ड दिने

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ। असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो। टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार उक्त सिममा रु १० ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्न सकिने, २० वटा सन्देश पठाउन मिल्ने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा छ। उक्त सुविधा एक महिनासम्म उपलब्ध हुने …

पुरा पढ्नुहॊस »

आजदेखि एमालेको विधान महाधिवेशन, अध्यक्ष ओलीले उद्घाटन गर्ने

नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक मानिएको नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ। अन्तरविरोध र अस्थिरताका कारण सरकारको नेतृत्वबाट बाहिरिएर प्रमुख प्रतिपक्षी भएको संसद्को ठूलो दल एमालेले करिब छ हजार प्रतिनिधिलाई सहभागी गराएर गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो। आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान …

पुरा पढ्नुहॊस »

तालिबान सरकारद्वारा भारतलाई हवाई उडान सुचारु गर्न आग्रह

अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ। तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन्। यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो। तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो। तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि …

पुरा पढ्नुहॊस »

रौतहटका किसानहरुलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरपालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ। मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो । बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत धान, …

पुरा पढ्नुहॊस »

आजको मन्त्रिपरिषद्ले के के गर्यो निर्णय?

सरकारले सहसचिव प्रा.गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्विकृत दिने निर्णय समेत गरेको बताए। उनले सरकारले इन्टरपोलको ८९ औँ महासभामा …

पुरा पढ्नुहॊस »

जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, मानवीय क्षति भने भएन

जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ। जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो। जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्। स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ। भूकम्प आए पनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन्।

पुरा पढ्नुहॊस »

किन मार्याे अख्तियारले प्रदेश २ काे मुख्यमन्त्री कार्यालयमा छापा?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको समाचार बाहिरिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको जानकारी दिए। उनका अनुसार ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका लागि करिब ११ करोडका १७ हजार साइकल सार्वजनिक खरिद ऐन नियमको मापदण्ड विपरित खरिद गरेको भन्ने विषयमा आयोगको निर्णयबाट आयोगको केन्द्रीय …

पुरा पढ्नुहॊस »

विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले अब स्वदेशमै प्रयोगात्मक अभ्यास गर्न पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ। आवेदन असोज १२ गते खुला भई असोज २२ गतेसम्म कायम रहने मन्त्रालयले जनाएको छ। कोभिडका कारण सम्बन्धित विदेशी विश्वविद्यालयमा प्रयोगात्मक अभ्यासको अवधि पूरा गर्ने अवस्था नभएका विषयमा स्वदेशमै प्रयोगात्मक अभ्यास अगाडि बढाउन आवश्यक पर्ने कार्यविधि तयार गर्ने विषयमा सुझाव दिन गठित कार्यदलको सुझाव बमोजिम मन्त्रालयले सो आह्वान गरेको …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवाले आजका लागि बाेलाए सर्वदलीय बैठक

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएकाे प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए। बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने निजी सचिव जोशीले बताए। सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति …

पुरा पढ्नुहॊस »