कांग्रेस काठमाडाैंकाे १० पालिकामा आज अधिवेशन हुने

नेपाली कांग्रेस काठमाडाैंको पालिका अधिवेशन आज हुने भएकाे छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो।

काठमाडाैंका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडाैं महानगरसहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिए।

काठमाडाैंको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ। दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै छ। केन्द्रीय निर्वाचन समितिले केही जिल्लामा अझै क्रियाशील सदस्यता विवादलाई टुङ्ग्याउन सकेको छैन।

कांग्रेसले मङ्सिर ९ देखि १२ गतेसम्मका लागि केन्द्रीय महाधिवेशनको कार्यतालिका तोकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री