सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ। दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीनपटक भूकम्प गइसकेको छ।
आज मात्रै बिहान ४ः५५ मिनेटमा बझाङको सुर्मा गाउँपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी दिए।
यसअघि असोज ८ गते दार्चुला सदरमुकामबाट उत्तरपश्चिम ४० किमी भारत केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसअघि असोज ४ गते दार्चुलाको खर्रा क्षेत्र आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प धक्का महसुस गरिएकाे थियाे।
लगाताररूपमा धक्का महसुसले यहाँ जोखिम बढ्दै गएको छ। तीन पटक गएको भूकम्पले भने कुनै क्षति गरेको छैन।
यता आजै सिन्धुपाल्चाेकमा पनि भूकम्प गएकाे थियाे।
प्रतिकृया दिनुहॊस