प्रदिप नेपाल

साहित्यकार गणेश नेपालको ‘बाँच्नुको एउटा जीवन’ सार्वजनिक

साहित्यकार गणेशप्रसाद नेपालको ‘बाँच्नुको एउटा जीवन’ आत्मकथा कृतिको शनिबार झापाको चन्द्रगढीमा विमोचन गरिएको छ। लेखनाथ पुस्तकालय, चन्द्रगढी र वर्तमान साहित्य प्रतिष्ठान, भद्र्रपुरद्वारा आयोजित एक कार्यक्रमबीच आख्यानकार पुण्यप्रसाद खरेलले कृतिको विमोचन गरे। कृति समीक्षा गर्दै प्रा. ताराराज पौडेलले लामो समय शिक्षण पेसामा बिताउनुभएका नेपालले साहित्यमा आफ्नो जीवनका भोगाइलाई सरल र सहज ढंगले उतारेको उल्लेख गरे। त्यसैगरी, साहित्यकार भवानी क्षेत्रीले कृतिको बारेमा बोल्दै उक्त कृतिले लेखकको जीवनका आरोह–अवरोहका साथै त्यसबेलाको सामाजिक अवस्थालाई …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोक केन्द्र भएर दुईपटक भूकम्पकाे धक्का

सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाएर आज मात्र दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार साँझ ७ बजेर ५८ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो। यस्तै ८ बजेर १३ मिनेटमा पनि ४.१ रेक्टरको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको थियो। शुक्रबार पनि सिन्धुपाल्चोकबाटै ४.२ रेक्टरको भूकम्प गएको थियो।

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोक केन्द्र भएर गयाे ४.६ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार साँझ ७ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको थियो। भूकम्प गएपछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए। शुक्रबार पनि सिन्धुपाल्चोकबाटै ४.२ रेक्टरको भूकम्प गएको थियो।

पुरा पढ्नुहॊस »

भूकम्पको धक्काले सर्वसाधारण त्रासमा

काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा शक्तिशाली भूकम्प गएको छ। साँझ ७ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको छ । भूकम्प गएपछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए। थप विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सम्पन्न

नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको समूहगत छलफल सम्पन्न भएको छ। आज बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो। प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए । छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गर्नेछन्। प्रदेश नं १ बाट देवराज …

पुरा पढ्नुहॊस »

राप्रपाले ४४ जिल्लामा सक्याे अधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन सम्पन्न गरेको हो। पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठका अनुसार असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ। पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ। पार्टीले पहिलो पटक सक्रिय …

पुरा पढ्नुहॊस »

सरकार विस्तारबारे आइतबार छलफल हुन्छ: माओवादी

नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ। आजको स्थायी समितिको बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले भने, “आज त्यसबारेमा कुनै छलफल भएन। भोलि बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ।” यस्तै बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको थियो। क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको …

पुरा पढ्नुहॊस »

अब पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनु पर्छः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन्। कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अब पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्क समेत गरे। नेता सिंहले …

पुरा पढ्नुहॊस »

भारतमा थपिए २४ हजार बढी नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप २४ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन्। अघिल्लो दिन शुक्रबार बिहान सार्वजनिक जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका थिए। शुक्रबारको विवरणमा भन्दा शनिबारको विवरणमा सङ्क्रमितहरूको सङ्ख्या घटेको देखिएको छ। यसअघि दैनिक सङ्क्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो। सङ्क्रमित र मृत्यु भएका मध्ये …

पुरा पढ्नुहॊस »

एमालेको विधान महाधिवेशनः प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल जारी

नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि समूहगत छलफल भइरहेको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो। महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु सहभागी भएका छन्। १० वटा समूह बनाएर तीनवटै प्रस्तावमाथि बिहान ८ …

पुरा पढ्नुहॊस »