कोरोना अपडेटः ७६४ संक्रमित थपिए, १ हजार ३३ जना निको भए

नेपालमा आज ७६४ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ। यस्तै, एन्टीजेन परीक्षणबाट ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ८ लाख ९९७ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९२ हजार ८३९ पुगेको छ।

आज १० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ।

आज १० हजार ६८८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४२ लाख ७३ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको छ। एन्टीजेन परीक्षण ६ लाख ५ हजार ९३२ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री