कङ्गोमा भएकाे डुङ्गा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको भएको अधिकारीहरूले बताएका छन्।

उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य ६० जना अझै बेपत्ता रहेको विश्वास गरिएको छ। उक्त दुर्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन्।

यात्रुको यकिन सङ्ख्या भने जानकारी छैन। सङ्ख्या भने डुङ्गाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो ।

कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो। यहाँका मानिसहरू देशकै ठूलो कङ्गो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन्।

पीडितहरुमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरु रहेका छन्। प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार कार्य जारि रहेको बताएका छन्।एजेन्सी

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इसेवाको ब्रान्ड दूत नियुक्त भए कलाकार सुमन कार्की

काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि.ले कलाकार सुमन कार्कीलाई ब्रान्ड दूत बनाएको छ …

प्रतिकृया दिनुहॊस