स्याङ्जाको वालिङ नगरपालिका–१० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
वालिङबाट गल्याङ नगरपालिका–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नंको जिप कच्ची सडकबाट ५० मिटर तल खस्दा जिपमा सवार गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँका ३२ वर्षीया गङ्गा पल्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
जिपमा सवार १९ मध्ये दुई जनाको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उकालो कच्ची सडकमा जिप अनियन्त्रित भएर दुर्घटना हुँदा जिपमा सवार गल्याङ नगरपालिका–१० का ४ वर्षीया करिष्मा थापा, २६ महिनाकी अर्चल विक, २५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली र २४ वर्षीया तिर्सना घाईते भएका छन्।
त्यस्तै गल्याङ–१० कै ५५ वर्षीय रामबहादुर पल्ली, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रीता गाहा, दुई वर्षीय एञ्जल गाहा, २२ वर्षीया पुष्पा पल्ली, ५५ वर्षीया भीमकुमारी पल्ली, तीन वर्षीया यमना पल्ली, ५५ वर्षीया लीलाकुमारी पल्ली, वालिङ नगरपालिका–१० बझाकोटकी २४ वर्षीया सपना थापा र दुई वर्षीय नवीन थापा घाइते भएका छन्।
प्रतिकृया दिनुहॊस