जसपाका कार्यकर्ताद्वारा पार्टी कार्यालय घेराउ, अध्यक्ष यादवकाे राजीनामा माग

जसपाका कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन्। सोमबार बालकुमारीस्थित जसपाको पार्टी केन्द्रिय कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै प्रदर्शन गरेका हुन्।

उनीहरुले जसपाबाट ४ जना मन्त्री बन्दा पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवको राजीनामासमेत माग गरेका छन्।

प्रदर्शनमा समाजवादी विद्यार्थी यूनियन पर्सा जिल्ला अध्यक्ष राजबाबु राकीले पार्टी अध्यक्ष उपेन्द्र यादवले पर्सावासीलाई धोका दिएको बताए। उनले पर्सावासीलाई न्याय नगरे देशभर प्रदर्शन गर्ने चेतावनीसमेत दिए।

पर्सामा लगातार बिरोध प्रदर्शन गर्दै आएका कार्यकर्ताहरुले सांसद यादवलाई मन्त्री नबनाएको भन्दै बिरोध गर्दै आएका छन्।

उनीहरुले आज जसपाको केन्द्रिय कार्यालयमै प्रदर्शन गरेका हुन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस