शेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। २३.१९ अंकले घटेको हो। यससँगै नेप्से २६ सय ३९ दशमलब ३८ विन्दुमा आइपुगेको छ।
आज इन्भेष्टमेन्ट र म्यूचुअल फण्डबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएकाे छ।
ग्लोबल आइएमई समुन्नत स्कीम करिब १० प्रतिशत बढ्यो भने सानिमा लाइफ इन्स्योरेन्सको भाउ पनि ७.८८ प्रतिशतले बढेकाे छ।
आज २१९ कम्पनीको ९३ लाख १४ हजार कित्ता सेयर ३ अर्ब ६३ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
तपाईंको प्रतिकृया




