मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा बस दुर्घटना भएकाे छ। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका प्रहरीले जनाएकाे छ।
साे नगरपालिकाको वडा नं ७ स्थित पिना झ्यारीखोलामा बस दुर्घटना भएकाे हाे।
हाल प्रहरी टोली र स्थानीयवासी उद्धारका लागि घटनास्थलमा पुगेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
तपाईंको प्रतिकृया




