ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–१७, खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका–२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ। नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टरसहित) ४८ पुगेको छ। यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ। ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः ५९१ जनामा संक्रमण पुष्टि, ९३७ जना संक्रमणमुक्त
नेपालमा थप ५ ९१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ७ हजार ६५४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ५२३ तथा २ हजार ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएकोहो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल ११ हजार ८७४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ८२ हजार ३९३ …
पुरा पढ्नुहॊस »असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई लगाइयाे काेराेना खोप
कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ। नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज मसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। प्रधानमन्त्री शेरबहादुर देउवा गत असार २९ गते नियुक्त भएलगत्तै कोरोना महामारीबाट नेपाली नागरिकलाई बचाउने कार्यलाई पहिलो प्राथमिकता दिइने र यसका …
पुरा पढ्नुहॊस »बस दुर्घटना हुँदा नवलपरासीमा ४२ जना घाइते
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन्। आज बिहान १०.३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो। उक्त दुर्घटनामा घाइते भएका ४२ मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला …
पुरा पढ्नुहॊस »शेयर बजारः नेप्सेमा आज ६९.५१ अंकले गिरावट
साताको दोस्रो दिन शेयर बजारमा भारी अंकले गिरावट आएको छ। आज नेप्से ६९ दशमलव ५१ अंकले घटेको हो। कारोबारको सुरुवाती समयबाट नै ओरालो लागेको शेयर बजार कारोबारको अन्तिममा आएर ६९.५१ अंकले घट्दै २ हजार ५८७.४५ अंकमा झरेको छ। आज कारोबारमा आएका २१८ कम्पनीका ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९० रुपैयाँ ८२ पैसामा कारोबार भएको छ। यसमध्ये ४ वटा कम्पनीको शेयर …
पुरा पढ्नुहॊस »डेढ घन्टाकाे अन्तरमा सिन्धुपाल्चोक केन्द्र भएर आज दुई भूकम्प
सिन्धुपाल्चोक केन्द्र बनाएर आजै मात्र दुई वटा भूकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोकको पाङफुङ केन्द्र बनाएर ४.७ रेक्टरको भूकम्प गएको छ। यस्तै ३ बजेर २३ मिनेटमा सिन्धुपाल्चोककै हगाम केन्द्र भएर ४ रेक्टरको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। यस अघि आइतबार गोरखा केन्द्र भएर भूकम्प गएको थियो।
पुरा पढ्नुहॊस »वाग्मती प्रदेशमा आजदेखि सार्वजनिक सवारीको भाडा बढ्यो, अब न्युनतम १८ रूपैंयाँ कायम
वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर आजदेखि बढाएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो। दसैं अघि नै यातायात व्यावसायीहरुसँग कार्तिक १ बाट भाडादर बढाउने सहमति गरिएको थियो। नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ। यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ। यसैगरी १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र …
पुरा पढ्नुहॊस »नेपाल बङ्गलादेश बैंकद्वारा एक लाखको दुर्घटना बीमा भुक्तानी
नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणका लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम रु. १ लाख ग्राहक स्व.दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको छ। स्व.दिनेश श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए। उक्त १ लाखको चेक नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेले स्व.दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरे। यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत …
पुरा पढ्नुहॊस »वैदेशिक राेजगारीमा गएका बैतडीका युवाको मलेसियामा मृत्यु
बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो। बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए। मृतकको आजै पोष्टमार्टम गरिने उनले बताए। पोष्टमार्टमपछि कोरोना संक्रमण नदेखिए शव नेपाल ल्याइने र कोराेना देखिएमा मलेसियामै अन्तिम संस्कार गरिने बताइएको छ। मृतक …
पुरा पढ्नुहॊस »सुनको मूल्य सात सयले बढ्यो
साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज सात सयले बढेको हो। आज दसैंपछि पहिलो पटक बजार खुलेको छ। आज छापावाला सुनको प्रतितोला ९१ हजार ३०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ८०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २२५ रुपैंयाँमा कारोबार भइरहेको छ।
पुरा पढ्नुहॊस »