डेढ घन्टाकाे अन्तरमा सिन्धुपाल्चोक केन्द्र भएर आज दुई भूकम्प

सिन्धुपाल्चोक केन्द्र बनाएर आजै मात्र दुई वटा भूकम्प गएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोकको पाङफुङ केन्द्र बनाएर ४.७ रेक्टरको भूकम्प गएको छ।

यस्तै ३ बजेर २३ मिनेटमा सिन्धुपाल्चोककै हगाम केन्द्र भएर ४ रेक्टरको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। यस अघि आइतबार गोरखा केन्द्र भएर भूकम्प गएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस