वैदेशिक राेजगारीमा गएका बैतडीका युवाको मलेसियामा मृत्यु

बैतडी ।

बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो।

बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए। मृतकको आजै पोष्टमार्टम गरिने उनले बताए।

पोष्टमार्टमपछि कोरोना संक्रमण नदेखिए शव नेपाल ल्याइने र कोराेना देखिएमा मलेसियामै अन्तिम संस्कार गरिने बताइएको छ। मृतक जोशी विगत पाँच बर्ष देखि मलेसियामा काम गर्दै आएका थिए। उनका श्रीमती, २ छोरी र १ छोरा छन्। शारीरिक रुपमा स्वस्थ रहेका जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर पुष्टी भएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस