प्रदिप नेपाल

राष्ट्र बैंकले आजदेखि ११ अर्ब २० करोडकाे ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिलको आजदेखि बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ। ९१ दिन …

पुरा पढ्नुहॊस »

अरिङ्गालको टोकाइबाट अर्घाखाँचीमा ९ जना घाइते

अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन्। आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ। बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

पुरा पढ्नुहॊस »

रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, एक युवकको मृत्यु

बुटवल। रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका-४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ। कोटहीमाई गाउँपालिका-५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुई मोहानमा मूर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राति भारतीय गोताखोरले निकालेका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीले रातिसम्म शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिइएको थियो। भारतीय गोताखोरले …

पुरा पढ्नुहॊस »

सरकारद्वारा १२ सिडिओको सरुवा, कुन जिल्लाकाे जिम्मेवारी कसलाई?

गृहमन्त्री बालकृष्ण खाणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन्। दसैँ सकिन नपाउँदै आइतबार गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडिओको सरुवा गरेको हो। गृह मन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृह मन्त्रालय तानिएको छ। जगन्नाथ पन्तलाई गृह मन्त्रालयबाट पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधी खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। वेदनिधी अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ …

पुरा पढ्नुहॊस »

श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गयाे

तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। म्याङलुङ नगरपालिका-९ पाटीगाउँका ६२ वर्षका दलबहादुर लिम्बूले मापसे सेवन गरी कुटपिट गर्दा आफ्नै श्रीमती ५५ वर्षीया दिलकुमारी लिम्बूकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। घटनास्थलबाट फलामको धारिलो हतियार बरामत गरिएको र प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका छन्। श्रीमतीको शरीर तथा अनुहारमा चोट देखिएको प्रहरीकाे भनाइ छ। मृतक दिलकुमारीको शवकाे पाेस्टमार्टम जिल्ला अस्पतालमा तेह्रथुममा गरिएको …

पुरा पढ्नुहॊस »

रक्षामन्त्री डा. मीनेन्द्र रिजालद्वारा सैनिक मुख्यालयको निरीक्षण

रक्षामन्त्री डा मीनेन्द्र रिजालले सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन्। प्रधानसेनापति प्रभुराम शर्माले उनलाई स्वागत गर्दै नेपाली सेनालाई सरकारबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगका लागि आभार व्यक्त गरे। सो अवसरमा रक्षामन्त्री रिजालले नेपाली सेनाले विपद् व्यवस्थापन र कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्य तथा विश्व शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। आफ्नो कार्यकालभरि राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रही सेनाले प्राथमिकतामा राखेका कार्य कार्यान्वयनमा स्रोतको …

पुरा पढ्नुहॊस »

कमेडीयन भरतमणि पौडेललाई दमकमा अभिनन्दन

राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ। भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शो मा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल ताप्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए। अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर कलाकारितालाई व्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। भर्खरै सम्पन्न रियालिटी शाे मा उपाधि जित्दै …

पुरा पढ्नुहॊस »

सरकारद्वारा चन्द नेतृत्वको नेकपासँग भएको सहमति कार्यान्वयनको पहल

गृहमन्त्री बालकृष्ण खाणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु गरेको बताएका छन्। अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आज गृहमन्त्री बालकृष्ण खाणले कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका हुन्। उक्त छलफलमा विगतका सहमति कार्यान्वयनका लागि भएका काम तथा अब कसरी …

पुरा पढ्नुहॊस »

बक्सर ‘हिमचितुवा’ले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप-२०२१’ को उपाधि

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन्। विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन्। जापानको नायोगा सहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आज सम्पन्न ४९औँ संस्करणको सो प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए। उनीहरू दुवै ‘के वान के बक्सिङ प्रतिष्पर्धा’मा भिडन्त गरिसकेका अनुभवी …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकका ३ ठाउँमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालन

ग्लोबल आईएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६० पुगेको छ। बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका–७ पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सरदेवा र मोरङ जिल्लाको कटहरी गाउँपालिका–४ नयाँबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। पञ्चमी बजारमा …

पुरा पढ्नुहॊस »