पछिल्लो २४ घण्टामा १ हजार ४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार ७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको …
पुरा पढ्नुहॊस »नेप्सेमा पहिराे, ७७.३३ अंककाे गिरावट
सेयर बजार परिसूचक नेप्से मंगलबार ७७.३३ अंकले घटेको छ। यससँगै परिसूचक २ हजार ५१० अंकमा कायम भएको छ। यसअघि सोमबार पनि ६९ अंकले घटेको थियो। मंगलबार ३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच हुँदा सबै समूहमा गिरावट आएको छ। आज बैंकिङ ५१, विकास बैंक १९४, फाइनान्स ११२, होटल तथा पर्यटन ८८, जलविद्युत ११७, लगानी २, जीवन बीमा ४२८, उत्पादन १७५, माइक्रोफाइनान्स १३५, निर्जीवन बीमा ३१४, अन्य ३३ र ब्यापार समूह …
पुरा पढ्नुहॊस »सरकार र रुवी खानबीच सहमति, एक साताभित्रै प्रतिवेदन बुझाइने
सरकार र अनसनरत रुवी खानसहित नेपालगञ्जबाट आएर धर्नामा बसेका महिला प्रदर्शनकारीहरुबीच सहमति भएको छ। मानवअधिकारकर्मी मोहना अन्सारीका अनुसार एक साताभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको हो। नेपालगञ्जका दुई हिंसाको घटनामा प्रहरीको अनुसन्धानमा असन्तुष्टि जनाउँदै नेपालगञ्जका ११ महिलासहित १४ जना २० दिन हिँडेर न्यायको खोजीमा काठमाडौं आएका थिए। उनीहरु माइतीघर मण्डलामा लगातार अनशनरत थिए।
पुरा पढ्नुहॊस »६० जना सेती नदीकाे टापुमा फसे, दुई सय बिघा जमिन डुब्याे
बैतडी। बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ। नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा पर्नुको साथै ढुंगाडका ६० व्यक्ति टापुमा फसेका छन्। सिगास–५ मै १५० बिघा भन्दा बढी खेत नदीको डुबानमा परेको छ। पाक्नै लागेको धान, कोदो तथा बदाम खेती बगरमा परिणत भएको छ। प्रदेश सरकारसँग उद्धारको लागि आग्रह गरिएको छ। बाढीले डोटी र बैतडी जोड्ने पुलसमेत भत्काएको छ। सिगासमा बाढीले मच्चाएको बितण्डाबारे सिगास …
पुरा पढ्नुहॊस »भारतमा १३ हजार बढी नयाँ सङ्क्रमित थपिए
पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। यो सङ्ख्या २३१ दिनयताको सबैभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८३ हजार ११८ रहेको अधिकारीले जनाएका छन्। यो सङ्ख्या २२७ दिन यताको सबैभन्दा कम भएको पनि जनाइएको छ। हाल सक्रिय सङ्क्रमित संख्या कूल सङ्क्रमितको ०.५४ प्रतिशत मात्र …
पुरा पढ्नुहॊस »उत्तराखण्डमा पहिरोः ३ नेपालीसहित १७ जनाको मृत्यु
भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन नेपाली पनि छन्। तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन्। बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्याएको छ भने पर्यटकहरु बिचल्लीमा परेका छन्। पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताए। उत्तराखण्डमा अझै केही …
पुरा पढ्नुहॊस »महाकाली नदीकाे टापुमा फसेका पाँच जनाकाे हेलिकोप्टरबाट उद्धारको तयारी
वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै जाँदा नदीको बीचमा बनेको टापुमा पाँच जना फसेका छन्। कैलालीको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा बनेको टापुमा पाँच जना फसेका हुन्। उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सिद्धराज न्यौपानेले जानकारी दिए। अविरल वर्षापछि पानीको सतह बढ्दा टापु घेरिएर पाँच जना फसेको प्रहरीले जनाएको छ। उनीहरूको हेलिकोप्टरमार्फत उद्धार गर्न नेपाली सेनासँग समन्वय भइरहेको पनि प्रहरीले जानकारी दिएको …
पुरा पढ्नुहॊस »गुल्मीमा बुबालाई खुकुरी हानेर छोरा फरार, खोजी कार्य जारी
गुल्मीको धुर्कोटमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन्। धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले जानकारी दिए। खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ। उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताए। सामान्य घरायसी झगडाको कारण छोराले खुकुरी प्रहार गरी घाइते बनाएर भागेको प्रहरीले …
पुरा पढ्नुहॊस »गृहमन्त्री खाणद्वारा मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री बालकृष्ण खाणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाणले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। सो क्रममा मन्त्री खाणले सरकारका तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे। वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य …
पुरा पढ्नुहॊस »काेराेना संक्रमणका कारण अमेरिकी पूर्व विदेशमन्त्री पावेलको निधन
न्युयोर्क। अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ। कोभिड संक्रमणका कारण पूर्व विदेशमन्त्री पावेलको ८४ बर्षको उमेरमा सोमबार निधन भएको हो। उनले पूर्ण खोप लगाएका थिए। पावेल सन् २००१ मा पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको शासन कालमा विदेशमन्त्री नियुक्त भएका थिए । पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने पावेल एक मात्र अमेरिकी विदेशमन्त्री हुन्। उनले सन् २००२ को १८ जनवरीमा नेपाल भ्रमण गरेका थिए। उनले तत्कालीन राजा ज्ञानेन्द्र, प्रधानमन्त्री …
पुरा पढ्नुहॊस »