वाग्मती प्रदेशमा आजदेखि सार्वजनिक सवारीको भाडा बढ्यो, अब न्युनतम १८ रूपैंयाँ कायम

वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर आजदेखि बढाएको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो। दसैं अघि नै यातायात व्यावसायीहरुसँग कार्तिक १ बाट भाडादर बढाउने सहमति गरिएको थियो।

नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ। यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ।

यसैगरी १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री