पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनहरूकाे माग

विभिन्न सात विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय विद्यार्थी संघका नेता रन्जित निस्पक्ष, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारी अध्यक्ष सुन्दर रायमाझी र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन्।

अन्यथा देशभर आन्दोलनमा उत्रने उनीहरूको चेतावनी छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री