कोरोनाका कारण देखाउँदै त्रिविका परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको बैठकले माघ ९ गते आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो।

विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना संक्रमण भएकाले ९ माघदेखि अर्काे सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री