सत्तारुढ नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ।
शुक्रबार नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य बस्तुहरुमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदशन गरेका हुन्। त्यस क्रममा उनीहरुले मूल्यवृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन्।
मूल्यवृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियानसमेत संचालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आर्दश मल्लले जानकारी दिए।
विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अस्कल क्याम्पसका ईकाई समिति, नेपाल कमर्श क्याम्पसका इकाई समिति, कोटेश्वर बहुमुखी क्याम्पसका इकाई समिति र प्राविधिक विद्यार्थी परिषदले नेतृत्व लिएका छन्। उनीहरुले मूल्यवृद्धि खारेज गर्ने आफूहरुको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्यवृद्धि खारेज गर’ लेखिएको मास्कसमेत सर्वसाधारणलाई वितरण गरेका थिए।
नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको छ।
प्रतिकृया दिनुहॊस