प्रदिप नेपाल

एक्सेल डेभलपमेन्ट बैंकद्वारा हकप्रद शेयर डिम्याट खातामा जम्मा

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले जारी गरेको १०ः३ को अनुपातमा हुन आउने ३० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । बैंकले भदौ ३१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा हकप्रद शेयर डिम्याट खातामा जम्मा गरिदिएको हो। बैंकले उक्त मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा शेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा हुने व्यवस्था भएकोले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गरि आफ्नो हकप्रद शेयर डिम्याट खातामा …

पुरा पढ्नुहॊस »

सुनचाँदीकाे मूल्य घट्याे

साताकाे पहिलाे दिन आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार ४०० ले घट्दै प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेकाे छ। यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पनि घटेको छ। आइतबार प्रतितोला १५ रूपैयाँ घट्दै एक हजार २५० रुपैयाँमा कारोबार भएको हाे। शुक्रबार …

पुरा पढ्नुहॊस »

स्थानीय तहको चुनाव जेठभित्र गर्ने सत्ता गठबन्धनको निष्कर्ष

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन्।

पुरा पढ्नुहॊस »

सभामुख सापकोटाले बाेलाएकाे कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बस्ने

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो। सङ्घीय संसद्को बैठक आइतबार १ बजेका लागि बोलाइएको छ। बैठकको सम्भावित …

पुरा पढ्नुहॊस »

२० जिल्लाका प्रजिअलाई गृहमन्त्रीको टेलिफोन, नागरिकका समस्यामा केन्द्रीत हुन निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन् । गृहमन्त्री खाणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शङ्करहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल र सोलुखुम्बुका गणेशविक्रम शाहीलाई आज टेलिफोन गरी न्यानो कपडा तथा दाउराको व्यवस्थापन गर्न निर्देशन …

पुरा पढ्नुहॊस »

४ हजार ९०४ संक्रमित थपिए, ५ हजार ९२४ जना निकाे भए

पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५६२ वटा नमुना परीक्षण गर्दा ४ हजार ९०४ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार १० हजार १०१ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ३१८ जनामा र ४ हजार ४६१ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ५८६ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ८७ हजार ३२९ …

पुरा पढ्नुहॊस »

६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसनको माघ …

पुरा पढ्नुहॊस »

सही सूचना प्रवाह गर्न प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। प्रेस सेन्टर नेपालको १८औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेछ भन्ने विश्वास व्यक्त गरे। उनले प्रेस सेन्टर नेपालका संस्थापकहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति, …

पुरा पढ्नुहॊस »

शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सम्झना

शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिएको छ। माघ १० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज विष्णुमती नदी किनार शोभा भगवतीमा निर्माण गरिएको शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनीहरुको सम्झना गरिएको हो। कोरोना महामारीका कारण सीमित व्यक्तिको उपस्थितिमा शहीद दिवस मनाइएको हो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख एवम् मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, प्रवक्ता एवं वडा …

पुरा पढ्नुहॊस »

भारतमा एकै दिन थपिए दुई लाख ३५ हजार कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३५ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना सङ्क्रमित भएका हुन्। सोही अवधिमा अरु ८७१ जनाको मृत्यु पनि भएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन बढ्दै गएकोमा अहिले घट्दै आएको हो। मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा …

पुरा पढ्नुहॊस »