बरिष्ठ लोकगायक जयनन्द लामा रहेनन्

बरिष्ठ लोकगायक जयनन्द लामाकाे निधन भएकाे छ। उनकाे बुधबार बिहान निधन भएकाे हाे। वरिष्ठ कलाकार शिवहरि पाैडेलले सामाजिक संजाल फेसबुकमार्फत यसकाे जानकारी दिएका हुन्।

बरिष्ठ लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि २ हप्ता अघि मात्रै मौलिक लोकगीत सार्वजनिक गरेका थिए। गायक लामाले ‘महाभार लेकको जंगलमा याला’ बोलको लोकगीत युट्यबमार्फत सार्वजनिक गरेका हुन् । यही गीत सार्वजनिक गर्दा लामाले भनेका थिए, ‘म सँग जीवनभर गाएर नसक्ने गीत छन् ।’ तर उनले कति गीत गाउन सक्थे हाेलान्, यात्रा अधुरै रह्याे।

पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले लोकगीत, दोहोरी, गिती नाटक गरि दुई सयभन्दा बढी गीत गाएका छन्। गायक लामा पछिल्लो समयमा फिल्मी अभिनयमा समेत लोकप्रिय थिए। उनकाे निधनले नेपाली कलाक्षेत्रले एउटा वरिष्ठ साधक गुमाएकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

हाउसफुल चलिरहेका २० हलबाट उतारियो ‘पूर्णबहादुरको सारंगी’

काठमाडौं । अहिले शानदार प्रदर्शन भइरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ देशभरका २० सिनेमा घरहरूमा फिल्म हटाउने भएको छ । निर्माण पक्षले मोफसलका २० हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ आजदेखि प्रदर्शन नहुने जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस