बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरि बोलाइएको छ। प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ। बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार …
पुरा पढ्नुहॊस »‘खल्ती’बाट बैंक ट्रान्सफर नि:शुल्क : नेपालको कुनै पनि बैंकमा पैसा पठाउन सकिने
पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेट ले नि:शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यस मार्फत प्रयोगकर्ताहरूले नि:शुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन्। यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा हो। ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५०,००० र प्रति दिन रु. १ लाख रहेको छ। तसर्थ, …
पुरा पढ्नुहॊस »निर्वाचनमा गठबन्धन गर्नेबारे पार्टीभित्र छलफल गरेर निर्णय हुन्छः नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नेबारे पार्टीभित्र छलफल गरेर निर्णय हुने बताएका छन्। नेपाली कांग्रेस बागमती प्रदेशको तेस्रो बैठकको हेटौंडामा उद्घाटन गर्दै उनले अहिले पार्टीभित्र अन्य दलसँग गठबन्धन गर्नुपर्ने र गर्न नहुने दुबै पक्षमा धारणा आइरहेकाले यसबारे छलफलबाटै निर्णय गरिने बताए । उम्मेदवारको टुंगो लगाउँदा पनि मापदण्डका आधारमा समयमै टुंगो लगाउनुपर्नेमा जोड दिंदै कम्युनिष्टहरू अपरिपक्व भएकाले अहिले जनता कांग्रेसको पक्षमा रहेको बताए । करिब …
पुरा पढ्नुहॊस »नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपालबीच साझेदारी
महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)सँग साझेदारी गरेको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रमबीच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरे । वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरू मार्फत महिलाहरूलाई पर्यटन उद्यमहरू सञ्चालन गर्न तथा डिजिटल माध्यमहरुको प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको उक्त …
पुरा पढ्नुहॊस »एनआरएनएको निर्वाचन नगर्न उच्च अदालतले दियाे अन्तरिम आदेश
उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै सो आदेश गरेको हो। अदालतले चैत ९ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने तय गरेको छ। उक्त आदेशसँगै सङ्घको चैत १० र ११ गते गर्ने भनिएको …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको नयाँ शाखा कार्यालय बागलुङको बलेवामा
ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरि शाखाको रुपमा परिमार्जित गरिएको हो । सोमबार बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल …
पुरा पढ्नुहॊस »एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा
सहज एवं सबल बैंकिङ्गको मूल सिद्धान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले समय अनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले ०७८ चैत्र १ देखि ०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहक महानुभावहरूले NIC ASIA MoBank प्रयोग गरी देशको कुनै …
पुरा पढ्नुहॊस »“सङ्घीयताको जग भएकाले स्थानीय तहले जनताको आकाङ्क्षाअनुसार काम गर्नु पर्छ”
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन्। माेरङकाे सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उनले भने, “सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ।” प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए। उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको …
पुरा पढ्नुहॊस »भारतमा कोरोनाका दैनिक सङ्क्रमित घट्दै, एकदिनमा १ हजार ५४९ थपिए
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा २ हजारभन्दा कम सङ्क्रमित भएका हिजो दोस्रो दिन भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। गत २४ घण्टामा ३ लाख ८४ हजार ४९९ को कोरोना परीक्षण गरिएकोमा एक हजार ५४९ मा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ। यद्यपी आइबार मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार एक हजार ७६१ मा यो सङ्क्रमण देखिएको थियो। …
पुरा पढ्नुहॊस »चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना
१३३ यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ। बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ। अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ ।एजेन्सी
पुरा पढ्नुहॊस »