सिभिललाई मर्जपछि अध्यक्ष श्रेष्ठले भने- हिमालयन बैंकले उच्चतम प्रतिफल दिनेछ

काठमाडाैं । हिमालयन बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले सिभिल बैंकलाई मर्ज गरेपश्चात् बैंक ठूलो मात्र नभएर उच्चतम प्रतिफल दिने समेत बनेको बताएका छन्। हिमालयन बैंकले सिभिल बैंकलाई मर्ज गरी एकीकृत कारोबार कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन्।

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गते सुरु भएको छ। उनले यसअघि कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज नगरी बैंक १४ अर्ब पुँजी पुर्याएको बताए । ‘हिमालय बैंकले विगत ३० वर्षदेखि वित्तीय क्षेत्रमा सुरक्षित तथा भरपर्दा बैंकको रुपमा स्थापित बैंक हो,’ उनले भने, ‘अहिलेसम्म हिमालय बैंकले मर्ज तथा अक्विजिसन नगरी ६ करोड चुक्ता पुँजीबाट सुरु भएको बैकको पुँजी १४ अर्ब बढी पुगेको छ ।’

नेपाल सरकार र राष्ट्र बैंकको मर्जर प्रोत्साहन गर्न लिएको नीतिलाई यागदान पुर्याउन बैंकले सिभिल बैंकलाई प्राप्ती गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक लगाएको छ । बैंकको …

प्रतिकृया दिनुहॊस