गगनको दाबी- पुरानो गठबन्धन ब्युँतिन्छ, राष्ट्रपतिको साझा उम्मेदवार तय हुन्छ

काठमाडौं । चुनावअघिको चार दलीय गठबन्धनको बैठक फेरि साँझ ५ बजे बैठक बस्ने सहमति गर्दै सकिएको छ ।

बालुवाटारमा ३ घण्टाभन्दा बढी बसेको चार दलको बैठकमा पुरानो गठबन्धन ब्युँताउँदै एमाले बाहेक राष्ट्रपतिमा सहमति जुटाउने प्रयासबारे विभिन्न कोणबाट छलफल नेताहरूले जानकारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेतृत्व छलफलमा जुटेका थिए ।

बैठकबाट बाहिरिँदै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको विषयमा पाँच बजे बस्ने बैठकले टुङ्गो लगाउने दाबी गरे । बिहानको बैठक राष्ट्रपतिमै केन्द्रित भएको उनले बताएका छन् । थापाका अनुसार कांग्रेस र बाँकी तीन दलले राष्ट्रपतिमा आ–आफ्नो प्रस्ताव राखेका छन् । उनले आकांक्षीको नामबारे भने केही खुलाएनन् ।

आफ्नो-आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे टुङ्ग्याउने गरी अहिले नेताहरू उठेका हुन् । ‘सबैले आ–आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं । भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं’, गगनले भने । उनले थपे, ‘कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । फेरि आ–आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे बस्ने गरी टुंग्याउछौं ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस