राष्ट्रपतिमा शनिबार एमालेले उम्मेदवारी दिन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने बताएका हुन् ।

ओलीले सत्ता गठबन्धनमा पुष १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गरे । उनले अरु घटनाक्रममा बिषयमा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री