News desk

बदनाम पप्पु कन्स्ट्रक्सनलाई ११ अर्बको काम

काठमाडाैं । पप्पु कन्स्ट्रक्सन बदनाम छ । देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ । काम भने धेरैतिर अलपत्र पारेको छ । अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ । सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो । सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ । हात परेका अधिकांश …

पुरा पढ्नुहॊस »

ग्रीन डेभलपमेण्ट बैङ्कको केन्द्रीय कार्यालय पोखरा सारिने

काठमाडाैं । बागलुङमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभपलमेण्ट बैङ्कले केन्द्रीय कार्यालय पोखरा सार्ने भएको छ । हालै सम्पन्न पाँचौं वार्षिक साधारणसभामा सो सम्बन्धी प्रस्ताव पारित भएको बैङ्कद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । बैङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न सभाले आव २०७३-७४ को बैङ्कको गतिविधि तथा विभिन्न प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ । साथै, सभाले बैङ्कको अध्यक्षतामा गणेशकुमार श्रेष्ठलाई नै निरन्तरता दिने निर्णयसमेत गरेको छ । सभाबाट सञ्चालक समिति सदस्यमा संस्थापक …

पुरा पढ्नुहॊस »

अब ‘विशेष काम’मा पनि रातो पासपोर्ट

काठमाडौं । कूटनीतिक राहदानी (रातो पासपोर्ट) वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै अन्य ‘विशेष काम’का लागि पनि राहदानी प्रयोग गर्न पाउने भएका छन् । राहदानी ऐन संशोधन गर्न बनेको विधेयकमार्फत् संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कूटनीतिक राहदानी प्रयोगको दायरा बढाएको हो । विशेष काम कस्तो कस्तोलाई मान्ने? भन्ने परिभाषा विधेयकले गरेको छैन। कूटनीतिक र विशेष राहदानी प्रयोगको व्यवस्था नियमावली वा कार्यविधिमार्फत तोक्नेगरि विधेयकमा सहमति गरिएको छ । गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार कूटनीतिक राहदानी सरकारी कामको …

पुरा पढ्नुहॊस »

नाटकीय रुपमा यसरी समातिए सुनका भरिया

काठमाडौं । महानगरीय प्रहरी परिसरमा केही दिन अगाडि यस्तै सूचना आयो- ‘रसुवाको केरुङ नाका हुँदै सुन तस्करी भइरहेको छ ।’ सूचनापछि डिएसपीको कमाण्डमा सुन तस्कर पक्राउ गर्न टोली बनायो परिसरले । सोमवार केरुङ हुँदै काठमाडौंको टोखाको बाटोबाट मोटरसाइलमा सुन आउँदै गरेको सुराक प्रहरीले फेरी पायो । त्यही सूचनालाई पछ्याउँदै सोमबार दिउँसो टोखामा प्रहरी तम्तयार रहे । साढे ५ बजे बा ७३ प ३४०२ नम्बरको पल्सर मोटरसाइकल आयो । मोटरसाइकलमा थिए …

पुरा पढ्नुहॊस »

सर्वसाधारणले २१ गतेदेखि नयाँ नोट पाउने, कहाँ-कहाँ साट्न पाइन्छ?

काठमाडाैं । सर्वसाधारणले दसैँका लागि असोज २१ गतेदेखि नयाँ नोट साट्न पाउने भएका छन् । प्रतिव्यक्ति दैनिक २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको  हाे । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाका अनुसार ५, १०, २०, ५० र १ सयका नयाँ नोट सटही हुनेछ । बैंकहरुलाई भने राष्ट्र बैंकले आगामी बिहीबारदेखि नै नयाँ नोट उपलव्ध गराउने भएको छ । बैंकहरुले ११ गतेदेखि नयाँ नोट …

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडाैं । १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन समितिले अाज प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव हरि मैनालीसहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । १५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद …

पुरा पढ्नुहॊस »

पर्यटन दिवसमा देशभरका २ हजार होटलमा २० प्रतिशत छुट

काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले  छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिए । उनका अनुसार २० प्रतिशत छुट होटलको खाना र विशेषगरी नेपाली रैथाने खानामा हुनेछ । होटलको कोठा पहिले नै बुकिङ गरेर आउने भएकाले …

पुरा पढ्नुहॊस »

बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

काठमाडाैं ।  एसिड आक्रमणमा परी रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै नवलपुरमा एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको हाे । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गरेको अभियोगमा डण्डाबजारकै विमल सिर्पाइलीलाई प्रहरीले पक्राउ गरेको छ । आफूसँग बिहे गर्न नमानेको भन्दै विमलले एसिड र छुरा प्रहार गरेको बताएको …

पुरा पढ्नुहॊस »

सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो?

काठमाडौं । मंगलबार (अाज) सुन प्रतितोला  ५८ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा यो तोलामा ३०० रुपैयाँले बढेको हो । अघिल्लो दिन (असोज ८) मा ५८ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । तेजावी सुन भने ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले चाँदी महंगिएको …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विनिमय दर, रिंगिट र दिनारको भाउ बढ्यो

काठमाडौं । सोमबारको तुलनामा मंगलबार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ र बिक्रिदर ३२ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ । …

पुरा पढ्नुहॊस »