बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

काठमाडाैं ।  एसिड आक्रमणमा परी रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै नवलपुरमा एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको हाे । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

एसिड प्रहार गरेको अभियोगमा डण्डाबजारकै विमल सिर्पाइलीलाई प्रहरीले पक्राउ गरेको छ । आफूसँग बिहे गर्न नमानेको भन्दै विमलले एसिड र छुरा प्रहार गरेको बताएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना विवाहित हुन् । परियार र सिर्पालीबीच प्रेम सम्बन्ध भएको थाहा भएपछि विमल सिर्पालीकी श्रीमतीले सम्बन्ध बिच्छेदका लागि मुद्धा दायर गरेकी थिइन् ।

बिमलले आफ्नो परिवार पनि बिग्रिएको र बसन्ती परियारसँग बिहे गर्न नपाएका कारण एसिड तथा चक्कु प्रहार गरेको बताएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए ।  घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

कस्तो छ बसन्तीको अवस्था ?
भरतपुर अस्पतालको आइसीयूको भेन्टिलेटरमा राखेर बसन्तीको उपचार भइरहेको छ । आइतबार ८ बजे आकस्मिक कक्षमा भर्ना भएकी उनको राति नै अप्रेशन गरिएको छ । सर्जन डा. सुरेश प्रधान, डा. प्रितम गुरूङ, डा. ज्ञानेन्द्र न्यौपानेको टोलीले ३ घण्टा लगाएर बसन्तीको अप्रेशन गरेको हो ।

उनको दाहिने र देब्रे गालाका दुवैतर्फ एसिडका साथै चक्कु प्रहार भएको पाइएको छ । दायाँ गालाको हड्डी फुटेको छ । एसिडले अनुहार, घाँटी, पाखुरा र छातीमा असर गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम …

प्रतिकृया दिनुहॊस